
काठमाडौं, बिहिवार नेपालमा कोरोनाबाट थप २११ जना कोरोना संक्रमित भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार ५५४ पुगेको छ ।
८ हजार १८ जनामा पीसीआर परीक्षण गर्दा १९७ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४३३ जनामा एन्टीजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ ।
गत २४ घण्टामा ३२९ जना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोना निको हुने दर ९७.८ रहेको मन्त्रालयले जनाएको छ ।







