
तमिलनाडु, तमिलनाडुकाे नीलगिरी जिल्लाकाे कुन्नुरमा बुधवार भारतीय सेनाकाे हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त दुर्घटनामा परेको हेलिकप्टरमा भारतीय सेना प्रमुख बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार रहेका थिए ।
हेलिकप्टरमा सेनाका केही उच्च अधिकारी पनि रहेको बताएको छ । हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए ।
यसैगरी दुर्घटनाग्रस्ता विमानबाट तीन जनालाई बचाइएकाे र तीमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ । एजेन्सी








