
काठमाडौं, मंगलबार नेपालमा थप ३१५ जना कोरोना संक्रमित थपिएका छन् । ९ हजार ३८६ नमुना परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ८१० परीक्षणमा ३१५ जनामा पोजिटिभ देखिएको छ ।
गत २४ घण्टामा ३०४ जना कोरोना निको भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख ५ हजार २०५ कुगेको छ । सोही अधविमा २ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संखया ११ हजार ५४५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ रहेको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७५३ जनाले कोभिड विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।







