June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

थप २६५ जनामा कोरोना पुष्टि, २ संक्रमितको मृत्यु

काठमाडौं, सोमबार नेपालमा थप २६५ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ६१७ जनामा पीसीआर परीक्षण गर्दा २६५ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीमध्ये ७ हजार ११४ जनाको पीसीआर र १५०३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । एन्टिजेन विधिबाट परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा ३५७ जना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । यस्तै १ लाख ६६ हजार १० जनाले कोभिड विरुद्धको खोप लगाएको स्वास्थय मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको