January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

थप २६५ जनामा काेराेना पुष्टि, २ जनाकाे मृत्यु

काठमाडौं मंसिर २० गते । गएकाे २४ घण्टामा नेपालमा २६५ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६१७ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट २३८ जना र एन्टीजेन परिक्षण विधीबाट २७ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । थप ३५७ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ८ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा काेभिड १९ का कारण मृत्युु हुनेकाे कुल संख्या भने ११ हजार ५४३ जना पुगेका छन् ।

No photo description available.

शीर्ष समाचार

धेरै पढिएको