February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

राप्रपा पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

राप्रपा पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

कमल थापालाई हराउँदै अध्यक्षमा राजेन्द्र लिङ्देन अघि आएका हुन्।आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन्। ४३१ मत बदर भएको एक श्राेतले जानकारी दिए।निर्वाचन समितिले आधिकारिक मतसहित घोषणागर्ने तयारी गरेको छ। त्यसैगरी अध्यक्षमा पराजित भएका थापाले सामाजिक सञ्जालमार्फत लिङ्देनलाई बधाई दिँदै मत परिणाम स्वीकार गरिसकेका छन्।

शीर्ष समाचार

धेरै पढिएको