February 2, 2023, Thursday
२०७९ माघ १९, बिहीबार

हाम्रो कान्तिपुर समाचार प्रभाव :थपिएको रुकुम काँग्रेस महाधिवेशन प्रतिनिधि आयाेगले हटायाे

रुकुम मंसिर १७ गते,नेपाली काँग्रेस रुकुम पश्चिमकाे जिल्ला अधिवेशनबाट पारित गरिएका महाधिवेशन प्रतिनिधिहरु मध्ये एकजना जालझेल गरि केन्द्रीय निर्वाचन आयाेगमा बुझाएको विषयमा आयाेगले कारबाही अगाडि बढाएको छ ।रुकुम पश्चिमका केही काँग्रेसका जिल्ला नेताहरूले आर्थिक प्रलोभनमा परेर जिल्ला अधिवेशनमा सहभागी नभएका एकजना व्यक्तिलाई थपेका थिए ।

उक्त विषयमा उजुरी परेपछि काँग्रेसकाे निर्वाचन आयाेगले थपिएका एकजना व्यक्तिको नाम हटाएको छ।जिल्लामा सभापति सहित २६ जना महाधिवेशन प्रतिनिधि थप गरिएको थियो तर पछि एकजना थपेर २७ जनाको नाम केन्द्रमा बुझाएकाे कुरा सार्वजनिक भएपछि व्यापक विरोध भएको थियोे ।

हाम्रो कान्तिपुरले निरन्तर काँग्रेस रुकुममा भइरहेको महाधिवेशन प्रतिनिधि किनबेचकाे विषयमा भएको लफडा सम्बन्धि समाचार प्रकाशन गर्दै आएको छ।हाम्रो समाचारकाे प्रभाव स्वरुप निर्वाचन समितिले उक्त कदम चालेको हाे ।

गडबडी भएको केही प्रमाणहरु फेला परेपछि हामीले थपेको नाम कटाएका छाै एकजना निर्वाचन समितिका सदस्यले भने ।यसपटक रुकुम काँग्रेस अधिवेशन भागवन्डामा कुरा मिलाएर सम्पन्न गरिएकाे थियो ।नेताहरूले आफ्नो अनुकूलतामा मान्छेहरुलाई विभिन्न पदहरु दिएपछि उक्त कदमकाे चर्काे आलोचना भएको हाे ।