January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

थप २४६ जनामा काेराेना पुष्टि, मृत्युु संख्या शुन्य

काठमाडौं मंसिर १७ गते । गएकाे २४ घण्टामा नेपालमा २४६ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३६ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट २२३ जना र एन्टीजेन परिक्षण विधीबाट २३ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन भने थप ३४७ जना संक्रमित  डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ७ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा काेभिड १९ का कारण मृत्युु हुनेकाे कुल संख्या भने ११ हजार ५३५ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको