March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

कर्थली जनज्योति सामुदायिक सहकारीकाे साधारणसभा सम्पन्न,खराब ऋणिले पाएनन् बाेनस (भिडियो सहित)

मंसिर १६ गते सिन्धुपाल्चोक बाह्रबिसे । बाह्रबिसे २ कर्थलीमा अबस्थित श्री कर्थली जनज्योति सामुदायिक विकास सहकारी संस्थाको साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

संस्थाले साधारणसभामा अतिथिहरुलाई सम्मान प्रधान गरेकाे छ। साथै साधारणसभाकाे अवसरमा श्री कर्थली जनज्योति सामुदायिक विकास सहकारी संस्थामा आबद्ध अधिकांश सदस्यहरुलाई जम्मा सेयरको ५० प्रतिशत बाेनस रकम प्रदान गरेकाे छ । तर समयमै व्याज तथा बचत नगरेका ऋणि सदस्यहरुले भने उक्त बाेनस बापतकाे व्याज रकम काराेवार बुजाए पछि मात्र पाउनेछन् । बुधबार बसेकाे बैठकले निर्णय गरेकाे हाे ।

त्यसैगरी अब सहकारीले डिपाे सम्बन्धमा मल तथा खाद्यान्न डािपाे सञ्चालनबारे सहकारीबाटै प्रपाेजल बनाई सम्बन्धित निकायमा पेस गर्नेछ।साथै सुचना तथा सञ्चारकाे लागि पनि सहकारीले बजेट निर्धारण गरेकाे छ । आज सम्पन्न साधारणसभा अधिकांश सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे । त्यसैगरी सहकारीका व्यवस्थापक भुमिराज नेपाल,सचिव सिताराम कार्की ,अध्यक्ष कृष्ण तामाङ,महेन्द्र कार्की ,बमबहादुरकाे उपस्थित रहेको थियाे ।

साधारणसभा सम्पन्न पछि सहकारीकाे ९ अाैं अधिवेशन पनि सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति चुनेकाे छ । हालकाे नयाँ कार्यसमितिमा सहकारीकाे अध्यक्षमा पुनः कृष्णबहादुर तामाङ दाेहाेरिएका छन् ।

त्यसैगरी उपाध्यक्षमा चेतकुमारी भण्डारी चयन भएकि छन् । त्यस्तै सचिवमा महेन्द्र कार्की ,काेश्अाध्यक्ष सिताराम कार्की नियुक्त भएका छन् त्यस्तै सदस्यहरुमा डम्बरकुमारी भण्डारी लगायत अन्य सदस्य चुनिएका छन् ।

ऋण संयोजकमा भुपेन्द्र बहादुर भण्डारी, लेखापरीक्षणमा मैयाँ तामाङ रहेकी छन् ।

भिडियो हेर्न तलकाे लिङ्कमा जानुहाेस

शीर्ष समाचार

धेरै पढिएको