काँग्रेस रुकुम महाधिवेशन किनबेच काण्ड ,चलखेल भएको केन्द्रीय निर्वाचन समितिकाे निष्कर्ष
नेपाली काँग्रेस रुकुमको जिल्ला अधिबेशन अहिले सर्वत्र चासो र चर्चा को विषय बनेको छ । लोकतान्त्रिक पाटीका मुल्य, मान्यता र विधी विपरित आर्थिक चलखेलका आधारमा पदिय बाडफाँट गरिएपछि सर्बत्र चासोको विषय बनेको हो । माओवादी द्धद्धको गम्भीर असर परेको रुकुम जिल्लामा माओवादी बाहेकले राजनीति गर्न अहिले पनि त्यति सजिलो छैन । माओवादि उत्पीडन भोगिरहेका रुकुमेली काँग्रेसीजनहरुले सवल, सक्षम नेतृत्वको आशा गरेकाहरुका लागि यो अधिवेशन अपेक्षाकृत भएन ।

आर्थिक मोलमोलाइमा पदिय भाँगबण्डा भएपछि असुतुष्टहरुले जिल्ला अधिवेशनबारे काँग्रेसको केन्द्रिय निर्वाचन समिति सम्म उजुरी दिनुपर्ने अवस्था सिर्जना भयो । अझ रोचक प्रसंग त के छ भने आर्थिक चलखेलका आधारमा पदिय भागबण्डाको काम जिल्लामा मात्र सिमित भएन, निर्वाचन सम्पन्न भएको ५ औ दिन अर्थात गत मंगलवार काठमाण्डौमा अर्को निर्वाचितहरुको सुचि खडा गरेर चोर बाटो हुदै सानेपा बुझाएपछि अलोकतान्त्रिक र अराजनैतिक कार्यको चरम कमजोरीको थप पर्दाफाँस भएको छ ।
गत शुक्रवार जिल्ला अधिबेशन सम्पन्न भएको भनि मुख्य जिल्ला निर्वाचन अधिकृत मुक्तिराम आर्चायले पाटी कार्यालय रुकुममा टाँसिएको सुचना मंगलवार काठमाण्डौ सम्म आइपुग्दा अर्को निर्वाचितहरुको सुचि तयार गरि केन्द्रिय निर्वाचन समितिमा पेश गरिएपछि अर्को विवाद उत्पन्न भएको हो ।
जिल्ला कार्यसमिति, प्रदेश प्रतिनिधीहरु र महाधिबेशन प्रतिनिधि बन्न वडा अधिवेशन मार्फत क्षेत्रिय प्रतिनिधी हुनुपर्ने काँग्रेसको निर्वाचन कार्यविधी भएपनि रुकुममा भने त्यसको कुनै पालना गरिएन, आर्थिक कारोवारका आधारमा क्षेत्रिय प्रतिनिधी नभएकाहरु पनि जिल्ला कार्य समिति र प्रदेश प्रतिनिधीमा निर्वाचित भए । यस्तै मध्ये एक थिइन यमुना शर्मा, उनको क्रियाशिल सदस्यता मुसिकोट नगरपालीका वडा नं २ मा पर्छ । वडा निर्वानमा क्षेत्रिय प्रतिनिधी छनोट नभएकी उनी अहिले प्रदेश प्रतिनिधी भएकी छन ।
काँग्रेसको निर्वाचन कार्यविधीमा कुनै पनि पदमा निर्वाचित हुन मनोनयन दर्ता गर्नु पर्दछ । मनोनयन दर्ता गर्न सकेसम्म उम्मेदवार आफै वा वारेस मार्फत मनोनयन दर्ता गर्नुपर्ने प्रावधान भएपनि कयाैं महाधिबेशन प्रतिनिधीहरुले निर्वाचनका यी कुनै प्रकृयामा सहभागिता जनाएनन । काठमाडौमा मोटो रकम दिएर महाधिवेशन प्रतिनिधी भएका एक जना जिल्लामै गएन,उनले निर्वाचनाका लागि मनोनयन दर्ता लगायतका कुनै नियमको पालना समेत गर्नु परेन ।
पछिल्ला केहि वर्ष देखि जिल्ला स्तरमा नेपाली काँग्रेसको लोकप्रियता बढ्दो छ । गएका स्थानिय निर्वाचनमा थोरै मतका कारण अधिकाशं स्थानियतहमा पराजय भोग्नु परेको कारण अहिले पनि कयौ काँग्रेसीहरुले राज्यवाट पाउनुपर्ने सामान्य सेवा सुविधाका लागि पनि कयाैं झन्झड बेहोर्नु परेका छ ।
यस पटकको काँग्रेस अधिबेशन मार्फत राम्रो नेतृत्व आए जिल्लाका अधिकाशं स्थानीयतहको निर्वाचनमा सफलता हासिल गर्न सकिने आकलन काँग्रेसजनको थियो । यसका लागि काँग्रेसले बिजयी हासिल गर्न थप तयारी गर्नुपर्ने कार्यकर्ताहरुको माग थियो । पाटीको आन्तरिक तयारीमा थप मदत पुग्ने र गुटको राजनिति अन्त्य हुने आशामा सहमति बाट जिल्ला अधिबेशन सम्पन्न गर्न स्थानीय वडाहरु बाटै कार्यकताहरुले पहल थालेका थिए ।
जिल्ला स्तरमा पनि क्षमता, योग्यता र योगदानका आधारमा जिम्मेवारी बाँढफाँट हुने अपेक्षा अधिकासं कार्यकर्ताहरुको थियो । बन्दसत्रको सुरुमै धेरै नेतृत्व तहका कार्यकताहरुले सहमतिमा नेतृत्व छनोट गर्न जिल्लाका शिर्ष नेतृत्वलाई जिम्मेवारी दिए । तर तिनै नेताहरुले कार्यकर्ताहरुको भावना विपरित आर्थिक चलखेलका आधारमा ६ दिन लामो गृहकार्य पछि विभिन्न चरणमा सुचनाहरु सार्वजनिक गरि अधिबेशन सम्पन्न गरिएको सुचना प्रकाशित गरे ।
रुकुम जिल्लाका कार्यकताले बेहोर्नु परेका अन्याय, अत्याचार र उत्पीडनमा नेपाली काँग्रेसले आवश्यक कदम चाल्नुपर्ने र शसस्त्र द्धन्द देखि गिरेको कार्यकर्ताको मनोभावनालाई उच्च बनाउन काँग्रेसले न्यायोचितरुपमा जिल्लातहका जिम्मेवारी बाँढफाँट गर्नु पर्नेमा उल्टै गैरकानुनी रुपमा आर्थिक प्रलोवनमा बिरलै मात्र जिल्लामा बस्ने, पाटीमा योगदान नगरेका र कहिलै नसुनेका मान्छेहरु छनोट हुनु समग्र रुकुम पश्चिम जिल्लाकै लागि दुखद भएको काँग्रेस कार्यकताहरुको बुझाई रहेको काँग्रेस रुकुमका पुराना एकजना नेता भन्छन ।
जिम्मेवारीमा मुल्यांकन नगरिनु र पैसाकै कारण गैरराजनितिक ब्यक्तिहरु पाटीको नेतृत्वमा हावी हुनु इमान्दार काँग्रेसका लागि निक्कै पिडादायी भएको विभिन्न सामाजिक सञ्जालहरुमा गरिएका टिप्पनीहरुबाट स्पष्ट देखिन्छ । बलियो काँग्रेसका लागि सवल नेतृत्व छनोट हुने अपेक्षा गरेका कयाैं कार्यकर्ताहरुका लागि यस पटकको जिल्ला अधिवेशन अपेक्षाकृत भएन ।
पाटीको आन्तरिक नेतृत्व व्यवस्थापनमा गरिएको यस्तो कमजोरीले फेरि पनि जिल्लामा काँग्रेसले राजनितिक सफलता हासिल गर्ने कुरामा शकां नै देखिएको भन्दै जिल्लामा माओवादी सत्ताका कारण उत्पीडनमा परेका कार्यकर्ताहरुमा फेरि पनि निरासा छाएको छ । वडा अधिवेशन देखि उत्साहित भएका कार्यकताहरु जिल्ला अधिवेशनमा आइपुग्दा थप निरास भए ।
काँग्रेस प्रतिको जनलहर कस्तो थियो भन्ने कुराको एउटा सामान्य उदाहरण थियो जिल्ला अधिवेशनको उद्घाटन समारोह, विभिन्न पाटी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका दुई सय भन्दा बढि ब्यक्तिहरुको भनाई र उक्त कार्यक्रममा सहभागि हजारौ आम कार्यकर्ता र वर्षैं पछि काँग्रेसले सदरमुकाम मुसिकोटमा आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएका गाँउ गाँउबाट आएका ¥याली र झाँकीहरु,तर यो उत्साह धेरै दिन टिक्न सकेन । आर्थिक चलखेलमा पदिए जिम्मेवारी बाढफाँट हुदाँ निराशाको सिमा चरम बढेको हो ।
विभिन्न चरमा जिल्ला कार्यसमिति, प्रदेश प्रतिनिधी र महाधिवेशन प्रतिनिधीका नामहरु सार्वजनिक गरिएपछि जिल्लामा धेरैले सामाजिक संजाल मार्फत आश्चार्य ब्यक्त गरि असन्तुष्टि ब्यक्त गरे । यसको एउटै कारण थियो यस पटकको अधिवेशनवाट छनोट गरिएका काँग्रेस राजनितिमा देखिएका अपरिचित ब्यक्तिहरुको अनपेक्षित अनुहारहरु । किन र कसरी यी नसुनिएका र नदेखिएका नामहरु आए ? आम कार्यकर्ताहरुका लागि चासो र खोजीको विषय बनेको छ ।
विभिन्न माध्यमबाट आर्थिक चलखेलका आधारमा बिभिन्न पदमा भागबण्डा गरिएको तथ्य पत्ता लाग्यो ।जिल्लामा रहेर पाटीको काममा वर्षैं देखि लागेका र द्धन्द्धको चरमा उत्पीडनमा परेका कयौ नेताहरुको कहिकतै नाम नै सुनिएन । एकाएक विवाद उत्कृर्षमा पुग्यो र अधिबेशन गैरकानुनी भएको भन्दै एक समुहले जिल्ला अधिवेशन विरुद्ध केन्द्रिय निर्वाचन समितिमा उजुरी समेत गरेको छ ।
अधिबेशन प्रकृयागत रुपमा सम्पन्न नहुनु र निर्वाचन कार्यविधी बमोजिमका पद्धतिहरुको परिपालना नहुनुमा सबै भन्दा दोषी हुन मुख्य निर्वाचन अधिकृत मुक्तिराम आचार्य । उनले अधिकाशं आर्थिक चलखेलमा हिंस्सा मात्र खोजेनन, नेतृत्व तहमा केहि पदहरुमा भाग समेत खोजेको आरोप छ । उनले प्रदेश र महाधिवेशन प्रतिनिधिमा २ जना महिला आफुले भने अनुसार हुनुपर्ने बताएपछि केहि दिन अधिवेशन लुम्बिन पुगेको स्रोतको दावी छ । निर्वाचनका विधी र पद्धतिको कार्यन्वयन गर्ने अख्तियारी पाएका निर्वाचन अधिकृतले विभिन्न ब्यक्तीहरुसंग फोन गरेरै छुटै ब्यक्तिगत रुपमै पैसा मागेको अडियो समेत हाम्रो कान्तिपुरले प्राप्त गरेको छ ।
निर्वाचन अधिकृत आचार्यले एक टेलिफोन कुराकानीमा जिल्लामा महाधिवेश प्रतिनिधि किनबेच भएको कुरा प्रष्ट सँग नाम सहित उल्लेख गरेको र आफुलाई तीन लाख रुपँया खातामा जम्मा गरिदिन भनेको एउटा अडियो समेत हाम्रो कान्तिपुरलाई प्राप्त भएको हो । निर्वाचन अधिकृतले आफुले महाधिवेशन प्रतिनिधिनी बनाए बाफत पैसा दिन एकजना ब्यक्तिलाई गरेको टेलिफोन अडियो नेपाली काँग्रेस केन्द्रिय निर्वाचन समितिमा समेत पेश गरिएको छ ।
उक्त अडियोमा आफुले एकजना रुकुम काँग्रेसका पुर्व जिल्ला सभापति र अन्य एकदुई जना रुकुमका नेताहरुको दवाबमा जिल्लाबाट आएको नामहरु कटाएर थपेकोले आफुलाई थप तीन लाख खातामा जम्मा गर्न अधिकृत आर्चायले भनेका छन ।
आफुलाई ती पुर्व सभापतिले तीस हजार मात्रै दिएकाले अब थप रकम पुर्व सभापतिलाई नदिएर सिधै मेरो खातामा जम्मा गरिदिन टेलिफोन कुराकानीका क्रममा भनेका छन । तर यस विषयमा मुक्तिराम सँग बुझ्दा जिल्लाका नेताहरुको दबाबमा महाधिबेशन प्रतिनिध्री थप भएको र आफुले पैसा नलिएको दाबी गरे । मैले झुक्किएर पैसाको कुरा गरेको हु लिएको होइन,जिल्लाका नेताहरुले मलाई अत्यन्तै दवाब दिएपछि एकजना प्रतिनिधी थप गरेको हु त्यो गैरकानुनी हो उनले भने ।
रुकुम पश्चिममा सम्पन्न अधिवेशनका विषयमा कुरा गर्दा निर्वाचन समितिका सदस्य अधिवक्ता सिताराम केसीले महाधिवेशन प्रतिनिधि थप गरेको र आर्थिक चलखेल लगायतका विषयमा आएका समाचारहरु र सुचनाहरुलाई आफुहरुले गम्भिर रुपमा लिएको बताए । अधिवेशनको विषयमा भएको उजुरीकर्ता र निर्वाचन अधिकृत आर्चाय सँग सोधपुध गरिसकेको बताए । यसो बुझदा आर्थिक प्रलोभनमा परेर केही नेताहरुले बदमासी गरेको भेटियो हामी छानविन गर्दैछौ उनले भने । अहिले नेपाली काँग्रेस रुकुममा महाधिवेशन प्रतिनिधी किनबेच भएको बिषय व्यापक चर्चामा रहेकाे छ ।
प्रतिकृया दिनुहोस्