
काठमाडौं, लामो तथा मध्यम दुरिका सार्वजनिक यातायात भदौ १५ गतेसम्म स्थगित गरेपछि व्यवसायिहरुले सार्वजनिक यातायातलाई गम्भीर सङ्कटमा पारिएको गुनासो गरेका छन । यससँगै सार्वजनिक यातायात क्षेत्रमा करिब ६० अर्ब रुपैयाँको नोक्सानी भएको दाबी गरेका छन ।
लगभग पाँच महिना लामो समय सार्वजनिक यातायात सञ्चालन नहुँदा करिब ६० अर्ब रुपैयाँको नोक्सान भएको व्यवसायी बताउँछन् । बन्दाबन्दिको ३ महिनामै ४० अर्बको नोक्सानी यातायात क्षेत्रले बेहोरेको नेपाल यातायात व्यवसायी र्राष्ट्रिय महासङ्घले जनाएका छन ।
महासङ्घका उपाध्यक्षका अनुसार सार्वजनिक यातायात ठूलो आर्थिक सङ्कटमा परेको छ भने यसालाई पहिलेकै अवस्थामा ल्याउन तीन चार बर्स लाग्ने तर यसप्रति सरकार नभएको र व्यवसायी मारमा परेको बताउँछन् । लामो दुरिको यातायात रोकिए पनि यात्रा गर्ने क्रम भने नरोकिएको बरु निजि सवारि साधनले महँगाे शुल्कमा यात्रा गर्न बाध्य भएको उनको गुनसो छ ।
निजी गाडीले यात्रु ओसारेर सङ्क्रमणको जोखिम बढाएका छन, यात्रु ठगिएका छन्, बेथिति बढेको छ तर सरकारले नियमन गर्दैन । लामो दूरीलाई रोकेर कोरोना नियन्त्रण हुने भए चार महिनासम्म रोक्दा किन फैलिरहेको छ ? सबै खुला गरेर हवाई र लामो दूरीका यातायातलाई मात्र रोक्नुको अर्थ के हुन्छ ? उपाध्यक्ष बताउँछन् । गोरखापत्र सभार





