January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

केपी शर्मा ओलीले लिए एमाले अध्यक्षको सपथ

काठमाडौं, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले पदको सपथ लिएका छन् । उनले आज चितवनमै पदको सपथ लिएका हुन् ।ओलीलाई एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले सपथ गराएका थिए ।

यसअघि उनी निर्वाचित भएको घोषणा भएको थियो । एमालेको निर्वाचित आयोगले ओली १८३७ मतका साथ निर्वाचित भएको घोषणा गरेको हो ।

निर्वाचन आयोगका संयोजक विजय सुब्बाले ओलीको मतबारे जानकारी दिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी भीम रावलले २२३ मत प्राप्त गरेको जनकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको