June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

एमाले १०औं महाधिवेशन: दुई दिन महाधिवेशन लम्बिँदा डेढ करोड खर्च

काठमाडौं, नेकपा एमालेको महाधिवेशन दुई दिन लम्बिँदा करिब डेढ करोड रुपैयाँ बढी खर्च भएको छ ।

मङ्सिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन तय भए पनि तोकिएको समयमा नेतृत्व चयनको प्रक्रिया सम्पन्न हुन नसकेपछि दुई दिन लम्बिएको हो ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार दुई दिन महाधिवेशन लम्बिँदा करिब १ करोड ५० लाख बढी खर्च भएको हो । यसको यकिन विवरण पछि प्राप्त हुने उनको भनाइ छ । हालसम्म महाधिवेशनमा करिब ९ करोड खर्च भएको उनले जानकारी दिए ।

यसैगरी १२ गते एक दिन सहमतिको प्रयास गरिँदा निर्वाचन कार्यक्रम र बन्द सत्र प्रभावित भएको थियो । त्यसपछि निर्वाचन कार्यक्रम अघि बढाउँदा आज सम्म लाग्न पुगेको हो ।

शीर्ष समाचार

धेरै पढिएको