May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

२५९ जना संक्रमित थपिए,१ जनाकाे मृत्यु

काठमाडौं मंसिर १३ गते । गएकाे २४ घण्टामा नेपालमा १५९ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८८८ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट २४३ जना र एन्टीजेन परिक्षण विधीबाट १६ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी थप २६४ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ७ प्रतिशत डिस्चार्ज भैसकेका छन् । हालसम्म नेपालमा काेभिड १९ का कारण मृत्युु हुनेकाे कुल संख्या भने ११ हजार ५२४ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको