May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

अध्यक्ष पदका लागि ओली र रावलबीच प्रतिस्पर्धा हुने

file photo

काठमाडौं, नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र डा.भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार उनीहरुको उम्मेदवारी दर्ता गराएसँगै दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने भएको हो ।

एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षको उम्मेदवारी दिएका रावल उम्मेदवारी फिर्ता नलिने अडानमा छन् ।

यस्तै उपाध्यक्षमा राति घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका घनश्याम भुसाल र सचिवमा भीम आचार्यले पनि उम्मेदवारी दिएका छन् ।

यसैगरी बिहान १० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समयमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा उम्मेदारी दर्ता नपरेपछि पाँच पदाधिकारी निर्विरोध निर्वाचित हुने भएका छन् ।

निर्विरोध निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन् ।

अध्यक्ष केपी ओलीले सोमबार बिहान प्रस्ताव गरेको पदाधिकारीको सूचीमा अन्यको उम्मेदवारी दर्ता भए पनि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा अन्यको दाबी नपरेपछि स्वतः निर्विरोध भएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको