
चितवन, नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष, एक महासचिव र तीन उपमहासचिव पदमा निर्विरोध निर्वाचित भएका छन् । मनोनयनको म्याद सकिँदासमेत सो पदमा कसैको उम्मेदवारी नपरेपछि निर्विरोध भएको हो ।
चितवनमा जारी एमालेको दसौँ महाधिवेशनअन्तर्गत नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी निर्वाचन आयोगले यसको औपचारिक घोषणा भने गर्न बाँकी नै छ ।







