एमाले अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता
एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।आइतबार राति आफूलाई अध्यक्ष राखेर ओलीले प्रस्ताव गरेको पदाधिकारी र केन्द्रीय सदस्यमा उपाध्यक्ष भीम रावलले असहमति राखेपछि ओलीले फेरि अध्यक्ष बन्न चुनाव लड्नु पर्ने भएको हो।
१०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत शुरू भएको उम्मेदवारी दर्तामा ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि भीम रावलले समेत अध्यक्ष पदमै उम्मेदवारी दर्ता गराएका छन् ।अध्यक्ष ओलीले सहमतिका लागि पदाधिकारी र सदस्यहरू प्रस्ताव गरेपनि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको छ ।
प्रतिकृया दिनुहोस्