June 6, 2023, Tuesday
२०८० जेष्ठ २३, मंगलवार

झापामा बस दुर्घटना हुँदा २३ जना घाइते, १७ वर्षीय उत्सवको मृत्यु

बिर्तामोड, झापाको कन्काई पुलको रेलिङमा आइतबार बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । पत्ती भाँचिएर अनियन्त्रित भएको बस पुलको उत्तरतर्फको रेलिङमा ठोक्किएको हो ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस आज १२:३० बजे कन्काई नगरपालिका ८ स्थित कन्काई नदीको पुलमा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी सन्तोष आचार्यका अनुसार दुर्घटनामा परी कन्काई ७ का १७ वर्षीय उत्सव पौडेलको मृत्यु भएको छ । गम्भीर घाइते पौडेलको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा दिउँसो मृत्यु भएको हो ।

सो दुर्घटनामा घाइते भएका १२ जनाको हाल बिर्ता सिटी र ११ जनाको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको