थप १५८ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु
- hamro_kantipur
- २०७८ मंसिर १२

काठमाडौं, आइतबार नेपालमा थप १५८ जनामा कोरोना संक्रमण देखिएको छ । मुलुकभर ८ हजार ९१८ जनामा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ र २३१४ एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको थियो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६९६६ रहेको छ । यसैगरी पछिल्लो २४ घन्टामा ३४२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने एकैदिन थप दुई जना संक्रमितको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस्