February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

आफू कुनै हालतमा पछि नहट्ने नेम्वाङको अडान, ब्याक हुन राष्ट्रपतिसम्मको अफर

सौराहा, आइतबार नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षका दाबेदार ईश्वर पोखरेल र सुवास नेम्वाङसँग छलफल गरेका छन् । 

ओलीनिकट स्रोतका अनुसार आज मध्यान्ह ओलीले पहिले पोखरेल र त्यसपछि नेम्वाङसँग छलफल गरेका थिए । वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका पोखरेललाई नेम्वाङको चुनौतीले पिरोलिरहेको छ ।

यसैबीच ओलीले नेम्वाङलाई ब्याक गराउन राष्ट्रपतिसम्मको अफर गरेका छन् भने नेम्वाङले आफू कुनै हालतमा पछि नहट्ने अडान लिएका छन् । 

शीर्ष समाचार

धेरै पढिएको