
सौराहा, नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र हल बाहिर भीम रावलको तस्बिरसहितको सानो पुस्तिका वितरण गर्ने उनका कार्यकर्तालाई ओली समर्थकले लखेटेका छन् ।
पार्टीद्वारा जारी आचार संहिताको बेवास्ता गर्दै आइतबार महाधिवेशनस्थलमा भीम रावलले अध्यक्षमा उठ्नुपर्ने कारणसहितको पुस्तिका उनी निकट कार्यकर्ताले महाधिवेशन प्रतिनिधिलाई वितरण गरेका हुन् ।
यसअघि एमालेको १०औं महाधिवेशनमा पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि पर्चा पम्प्लेट बाँड्न नपाउने गरी आचार संहिता जारी गरिएको थियो ।
रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् भने हालसम्म निर्वाचन समितिलाई मतदान प्रक्रियाबारे कुनै जानकारी गराइएको छैन । अध्यक्ष केपी ओली भने सर्वसम्मतिमै एमालेको नयाँ केन्द्रीय कमिटी घोषणा गर्ने तयारीमा छन् ।
यसैबीच महाधिवेशनस्थलमा पुस्तिका वितरण गरेपछि
ओली समर्थकहरुले पर्चा बाँडिरहेका नेता तथा कार्यकर्ताहरुलाई लेखेटेका थिए ।







