May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

एमाले महाधिवेशनस्थलमा रावलको तस्बिरसहितको पुस्तक बाड्नेलाई ओली समर्थकले लखेटे

सौराहा, नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र हल बाहिर भीम रावलको तस्बिरसहितको सानो पुस्तिका वितरण गर्ने उनका कार्यकर्तालाई ओली समर्थकले लखेटेका छन् ।

पार्टीद्वारा जारी आचार संहिताको बेवास्ता गर्दै आइतबार महाधिवेशनस्थलमा भीम रावलले अध्यक्षमा उठ्नुपर्ने कारणसहितको पुस्तिका उनी निकट कार्यकर्ताले महाधिवेशन प्रतिनिधिलाई वितरण गरेका हुन् ।

यसअघि एमालेको १०औं महाधिवेशनमा पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि पर्चा पम्प्लेट बाँड्न नपाउने गरी आचार संहिता जारी गरिएको थियो ।

रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् भने हालसम्म निर्वाचन समितिलाई मतदान प्रक्रियाबारे कुनै जानकारी गराइएको छैन । अध्यक्ष केपी ओली भने सर्वसम्मतिमै एमालेको नयाँ केन्द्रीय कमिटी घोषणा गर्ने तयारीमा छन् ।

यसैबीच महाधिवेशनस्थलमा पुस्तिका वितरण गरेपछि
ओली समर्थकहरुले पर्चा बाँडिरहेका नेता तथा कार्यकर्ताहरुलाई लेखेटेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको