
जाजरकोट, जाजरकोटमा आज बिहान बस दुर्घटना हुँदा
पाँच जनाको मृत्यु भएको छ भने २७ जना घाइते छन् ।
नेपालगन्जदेखि जाजरकोटको रिडीबजार जाँदै गरेको ना. ६ ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराह चौक नजिक दुर्घटना भएको हो ।
जाजरकोटका डीएसपी मधु कुमार थापाका अनुसार घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।







