June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

कोरोनाको नयाँ रूप ओमिक्रोनको खतरा : नेपालमा सिसिएमसी बैठक बस्दै

काठमाडौं, मङ्सिर १२ । कोभिड–१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस संक्रमण भित्रिन नदिने तयारी गर्न आज कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी)को मिटिङ बस्ने भएको छ ।

दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने बारे आजको बैठकमा छलफल हुँनेछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस संक्रमण फैलिएको पुष्टि भएका मुलुकबाट आउनेहरुका लागि एकसातासम्म अनिवार्य क्वारेण्टाइन बस्नु पर्ने व्यवस्था लागू गर्ने विषयमा छलफल गरेको छ ।

उक्त छलफलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अनिवार्य निगरानी कक्ष स्थापना गरी स्वास्थ्य परीक्षण र क्वारेन्टिनमा राख्ने व्यवस्था गर्ने लागेको छ । कोभिड–१९ खोप लगाइ तथा नलगाई आउने यात्रुलाई होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने नियम ल्याउने देखि विमानस्थलमै एन्टीजेन परीक्षण अनिवार्य गर्ने विषयमा निर्णय हुने छ ।

नेपालसँग सीधा हवाइ सम्पर्क रहेको चीनको स्वसाशितक्षेत्र हङकङमा समेत संक्रमण पुष्टि भएपछि सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको हो । नेपाल–हङकङ सिधा हवाई उडान समेत स्थगित गरिएको छ ।

दक्षिण अफ्रिकासहित युरोपका बेल्जियम र जर्मनी लगायत मुलुकहरुमा समेत यो संक्रमण भित्रिएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको