January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

देशभर २१३ जना संक्रमित थपिए,३ जनाकाे मृत्यु

काठमाडौं मंसिर ११ गते । गएकाे २४ घण्टामा नेपालमा २१३ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६३२ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट १९७ जना र एन्टीजेन परिक्षण विधीबाट १६ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी थप ३२५ जनाकाे डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ७ प्रतिशत डिस्चार्ज भैसकेका छन् । हालसम्म नेपालमा काेभिड १९ का कारण मृत्युु हुनेकाे कुल संख्या भने ११ हजार ५२१ जना पुगेका छन् ।

आज थप ११ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा काेराेनाका कारण मृत्युु हुनेकाे कुलसंख्या ११ हजार ४२७ जना पुगेका छन् । देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १४७ जना रहेका छन्। हालसम्म नेपालकाे कुल संक्रमित मध्य निकाे हुनेकाे दर ९७ दशमलव ५ प्रतिशत रहेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको