January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

एमालेको १०औं महाधिवेशनको बन्द सत्र सुरु

चितवन, एमालेको १०औं महाधिवेशनको बन्द सत्र सुरु भएको छ । सो बन्दसत्र तोकिएको भन्दा पाँच घण्टा ढिला चितवनको सेभन स्टार होटल परिसरमा भएको हो ।

बन्द सत्रमा समसामयिक प्रस्तावहरुको पारित गर्ने, केन्द्रिय कमिटीले शुक्रबार पास गरेको विधान संशोधनलाई पनि बन्द सत्रमा छलफल हुने एमाले नेताहरुले बताएका छन् ।

हाल हलभित्र प्रतिनिधिहरु छिर्ने क्रम जारी छ । शनिबार बिहानभर सहमतिमा नेतृत्व टुङ्‍गो लगाउने प्रयास गरिएको थियो । यसैगरी अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेताहरुलाई सहमत गराउन प्रयास गरेता पनि सफल भएका थिएनन् ।

शीर्ष समाचार

धेरै पढिएको