
काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै पनि समस्या भए मन्त्रालयमा लिएर आउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेका छन् । आज राजधानीमा भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
आफू मन्त्रायलमा केही लिनको लागि नभइ श्रमीक र श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्यले आएको उनले स्पष्ट पारेका छन् ।
मन्त्री श्रेष्ठले भने, ‘श्रमीक क्षेत्रमा श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्य लिएर आएको छु, म केही लिउँ भन्ने उद्देश्यले आएको छैन । तपाईहरुले देख्नुभएको पनि छ बीचमा ताहाचलमा वैदेशिक रोजगार जाने सिलसिलामा कत्रो भीड थियो, तपाई भोलि हेर्न जानुहोस् । त्यस्तै कोरिया जाने भाइहरु ठगिएको अवस्थामा होटलमै गएर मैले जोगाएँ । यो धेरै गर्न सक्ने कामहरु तपाईहरुको आशिर्वादले भएको हो । म एक्लैले गर्न सक्ने केही पनि होइन । सबैको सहयोग भयो भने हामी पक्कै पनि गर्नेछौँ । गर्न सक्छौँ । त्यसैले आज २१ वटा संस्थाहरु मजदुर साथीहरु, दिनरात नभनिकन कल्पना गर्नुस् न । देख्दा सानो छ कार्यक्रम तर तपाईहरु जस्तो संस्थाले मजदुरको मेहेनतले हामी केही राहत भने पनि महशुस गरिरहेका छौँ । ल तपाईहरु १५ दिन काम नगर्नुस् त यहाँ कस्तो फोहोर हुन्छ । यो महत्व राज्यले पनि दिनुप¥यो । समाजले पनि दिनुप¥यो, त्यही अनुसार तपाईहरु पनि अघि बढ्नुप¥यो । र नेपाल सरकारको तर्फबाट विशेष गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तर्फबाट तपाईहरुका कुनै समस्या छन् केही गर्नुपर्ने भन्नुहोस्, आज सामाजिक सुरक्षा कोषको वार्षिकोत्सव पनि छ । मजदुरहरुको विषयमा पनि समस्या लिएर आउनुस् । राम्रा कुरा पनि नराम्रा कुरा पनि लिएर आउनुस् । दुःखका सुखका कुरा पनि लिएर आउनुस्, के गर्न सकिन्छ हातेमालो गरेर अघि बढ्नको लागि म सधैँ तयार छु ।’







