मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन श्रममन्त्रीको आग्रह

काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै पनि समस्या भए मन्त्रालयमा लिएर आउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेका छन् । आज राजधानीमा भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
आफू मन्त्रायलमा केही लिनको लागि नभइ श्रमीक र श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्यले आएको उनले स्पष्ट पारेका छन् ।
मन्त्री श्रेष्ठले भने, ‘श्रमीक क्षेत्रमा श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्य लिएर आएको छु, म केही लिउँ भन्ने उद्देश्यले आएको छैन । तपाईहरुले देख्नुभएको पनि छ बीचमा ताहाचलमा वैदेशिक रोजगार जाने सिलसिलामा कत्रो भीड थियो, तपाई भोलि हेर्न जानुहोस् । त्यस्तै कोरिया जाने भाइहरु ठगिएको अवस्थामा होटलमै गएर मैले जोगाएँ । यो धेरै गर्न सक्ने कामहरु तपाईहरुको आशिर्वादले भएको हो । म एक्लैले गर्न सक्ने केही पनि होइन । सबैको सहयोग भयो भने हामी पक्कै पनि गर्नेछौँ । गर्न सक्छौँ । त्यसैले आज २१ वटा संस्थाहरु मजदुर साथीहरु, दिनरात नभनिकन कल्पना गर्नुस् न । देख्दा सानो छ कार्यक्रम तर तपाईहरु जस्तो संस्थाले मजदुरको मेहेनतले हामी केही राहत भने पनि महशुस गरिरहेका छौँ । ल तपाईहरु १५ दिन काम नगर्नुस् त यहाँ कस्तो फोहोर हुन्छ । यो महत्व राज्यले पनि दिनुप¥यो । समाजले पनि दिनुप¥यो, त्यही अनुसार तपाईहरु पनि अघि बढ्नुप¥यो । र नेपाल सरकारको तर्फबाट विशेष गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तर्फबाट तपाईहरुका कुनै समस्या छन् केही गर्नुपर्ने भन्नुहोस्, आज सामाजिक सुरक्षा कोषको वार्षिकोत्सव पनि छ । मजदुरहरुको विषयमा पनि समस्या लिएर आउनुस् । राम्रा कुरा पनि नराम्रा कुरा पनि लिएर आउनुस् । दुःखका सुखका कुरा पनि लिएर आउनुस्, के गर्न सकिन्छ हातेमालो गरेर अघि बढ्नको लागि म सधैँ तयार छु ।’
प्रतिकृया दिनुहोस्