
सिन्धुपाल्चोक बाह्रबिसे – बाह्रबिसे नगरपालिकाले नगर यरीया शिल गरेकाे सुचना जारी गरेकाे छ । बाह्रबिसे नगरपालिका वडा नं.४ निवासी ८४ बर्षका एक पुरुषको गत साउन २३ गतेका दिन काठमाडौं स्थित मनमोहन कार्डियो भाष्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा उपचारका क्रममा मृत्यु भएको र आज साउन २७ गते कोरोना भाइरसको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । जनाउँदै थप सतर्कता अपनाउनुकाे लागि शिल गरेकाे बुझिएको छ ।

बाह्रबिसे नगरले बाह्रबिसे नगरपालिका वडा नं. २ पूर्वको कर्थली, बुदेपा, उत्तरपट्टी वडा नं. ३ को खाग्दल खोला, पश्चिम् वडा नं. ९ को राम्चे बजार, र दक्षिण तर्फ शारदा मा.वि. क्षेत्र सुनकोशी बजारको सिमानासम्मको चार किल्ला भित्र मानिस आवतजावत गर्न, सवारी साधन चालाउन, पुर्ण रुपमा निषेध गरि व्यापार, व्यवसाय लगायतका अन्य कार्य बन्द गरि शिल गर्ने निर्णय गरिएको छ । र अर्को आधिकारिक सुचना प्रकाशित नहुँदासम्म त्यस क्षेत्रमा सम्पुर्ण नगरवासी आ-आफ्नो घरमै क्वारेन्टाइनमा बस्न आग्रह गर्दै नगरपालिकाले मंगलबार बिज्ञप्ति जारी गरेको छ ।





