
काठमाडौं, नेकपा एमालेको जारी १०औं महाधिवेशनमा अध्यक्षकाे दाबेदारी गरेका उपाध्यक्ष भीम रावलले भोट माग्न थालेका छन् ।
एमाले अध्यक्ष केपी ओलीसहित नेताहरूले महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि पहल गरिरहेका छन् । हिजो बन्द सत्र सुरु हुँदै गर्दा नेता रावलले आफूलाई मतदान गरी जिताउन प्रतिनिधिहरूलाई अनुरोध गरेका छन् ।
सौराहास्थित बन्द सत्र भइरहेको होटेल सेभेन स्टारमा सहभागी प्रतिनिधिहरूलाई भेटेरै नेता रावलले आफू अध्यक्षको पदको उम्मेदवार भएको भन्दै जिताउन आग्रह गरेका छन् ।







