January 22, 2022, Saturday
२०७८ माघ ८, शनिबार

देशभर २७० जना संक्रमित थपिए,२ जनाकाे मृत्यु

काठमाडौं मंसिर १० गते । गएकाे २४ घण्टामा नेपालमा २७० जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४४६ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट २४२ जना र एन्टीजेन परिक्षण विधीबाट २८ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी थप ३०२ जना डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ७ प्रतिशत डिस्चार्ज भैसकेका छन् । हालसम्म नेपालमा काेभिड १९ का कारण मृत्युु हुनेकाे कुल संख्या भने ११ हजार ५१८ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको