September 29, 2023, Friday
२०८० आश्विन १२, शुक्रबार

राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै पार्टीको लक्ष्य एउटै हुनुपर्छ: प्रधानमन्त्री देउवा

चितवन, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै पार्टीको एउटै लक्ष्य हुनुपर्ने बताएका छन् । शुक्रवार चितवनमा आयोजित नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले देश र जनतासँग जोडिएका मुद्दामा सबैको समानता हुनुपर्ने बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशन आयोजनाको बधाई दिँदै दलहरुबीच छलफल र सद्भाव निकाल्न चाहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले भने, ‘लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हामी सफल भएका छौं। यसलाई संस्थाग गर्ने जिम्मेवारी हामी सबै राजनीतिक दलको छ। हामीहरुबीच मतभिन्नता छन्, त्यसैले हामी अलग-अलग दलमा आबद्ध छौं। तर राष्ट्रिय स्वाधीनताको रक्षा गर्न हामी सबै पार्टीको लक्ष्य एउटै हुनुपर्छ। देश र जनतासँग जोडिएका मुद्दामा हामीबीच समानता हुनुपर्छ ।’

शीर्ष समाचार

धेरै पढिएको