June 6, 2023, Tuesday
२०८० जेष्ठ २३, मंगलवार

राष्ट्रवादी सोचका ओली र एमालेलाई देशले सधैं सम्झिरहनेछ: अध्यक्ष थापा

चितवन, राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले केपी शर्मा ओलीलाई राष्ट्रवादी सोच भएको नेता र नेकपा एमालेले मुलुकले सधै सम्झने बताएका छन् ।

चितवनमा आजबाट सुरु भएको एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा आफ्नो पार्टीको तर्फबाट शुभकामना दिँदै क्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले भने, ‘केपी ओली जस्तो दृढ अडान र राष्टवादी सोच भएको पार्टीले यो देशलाई संकटबाट मुक्त तुल्याउनको लागि ऐतिहासिक योगदान पुर्याउन सक्छ । तपाईँको पार्टीको लोकप्रिय अध्यक्ष ओलीसँग एउटै सरकारमा मैले पनि काम गर्ने अवसर पाएको थिएँ । जतिबेला उहाँ नेतृत्वको सरकारमा हामी सहभागी भयौं, देशमा त्यतिवेला आन्दोलनको आगो बलिरहेको थियो । भारतीय नाकाबन्दी देशले भोग्नुपरेको थियो । यो अवस्थामा मैले यो भन्दा गौरव हुन्छ–कि केपी ओलीको सुझबुझ र मार्गदर्शनमा रहेर हामीले राष्ट्रिय स्वाभिामा पनि एक ईन्चपनि आँच आउन नदिएर भारतीय नाकाबन्दी हटाउन सफल भयौं ।’

यसैगरी थापाले केपी ओलीको पछिल्लो सरकारबाट भने आफू त्यति सन्तुष्ट नभएको बताए । उनले भने,‘पार्टीभित्रको आन्तरिक कलहले गर्दा होला, सायद जनतालाई दिएको आश्वासनअनुसार नेकपाले काम गर्न सकेन् । धेरै विवाद र असफलताका बावजुद दुई वटा कामको निम्ति केपी ओली र एमालेलाई यो देशले सधैं सम्झिरहनेछ । मधेशमा देखापरेको पृथकतावादी आन्दोलन र विप्लवलाई शान्तिपूर्ण मूलाधारमा ल्याउन महत्वपूर्ण येगदान पुर्याउनुभयो ।’

शीर्ष समाचार

धेरै पढिएको