February 2, 2023, Thursday
२०७९ माघ २०, शुक्रबार

अध्यक्ष ओलीद्वारा एमालेको १०औं महाधिवेशन उद्घाटन

चितवन, नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेपालको राष्ट्रिय झन्डा, पार्टीको चिह्न एवं चुनाव चिह्न अंकित तीनवटा झन्डाहरूसँगै झन्डोत्तोलन गरेर उद्घाटन गरेका छन् ।

एमालेको महाधिवेशन हाल चितवनको नारायणी नदीको किनारमा जारी छ । अध्यक्ष ओलीले झन्डोत्तोलन गरे लगत्तै महाधिवेशनको मस्कटको पनि औपचारिक अनावरण गरेका हुन् ।

यसैगरी मस्कट अनावरण गरेपछि ओलीले मञ्चको अघिल्तिर बसेका कार्यकर्ताहरुबाट अभिवादन समेत ग्रहण गरेका थिए । सो उद्धघाटन कार्यक्रममा छिमेकी मुलुक भारतलगायत विभिन्न छिमेकी मुलुकबाट समेत प्रतिनिधिको सहभागिता रहेको छ ।

कार्यक्रममा प्रधानमन्त्री शेरबाहदुर देउवा लगायत अन्य पार्टीका नेताहरुको समेत उपस्थिति रहेको छ ।