June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

थप ३३२ जनामा काेराेना पुष्टि,४ जनाकाे मृत्यु

काठमाडौं मंसिर ८ गते । गएकाे २४ घण्टामा नेपालमा ३३२ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९२० जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट ३०५ जना र एन्टीजेन परिक्षण विधीबाट २७ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी थप २३२ जना डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ७ प्रतिशत डिस्चार्ज भैसकेका छन् । त्यसैगरी हालसम्म नेपालमा काेभिड १९ का कारण मृत्युु हुनेकाे कुल संख्या भने ११ हजार ५१३ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको