March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

डेमोक्रेसी समिटको लागि नेपालसहित विश्वका ११० देशलाई वाइडेनको निम्तो

अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्वका ११० देशको डेमोक्रेसी समिटको घोषणा गरेका छन् । उनले ९ र १० डिसेम्बरमा हुने समिटका लागि नेपालसहित ११० देशका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखहरुलाई निम्तो गरेका छन् ।

भर्चुअल रुपमा डिसेम्बरमा हुने समिटमा भारत, पाकिस्तान, ब्राजिललगायत देशहरुलाई पनि निम्तो गरिएको छ । तर, चीन, रुस र टर्की जस्ता देशहरुलाई निम्तो गरिएको छैन । दक्षिण एशियाबाट अफगानिस्तान, बँगलादेश र श्रीलंकालाई निम्तो दिइएको छैन ।

विश्वभर नयाँ राजनीतिक ध्रुवीकरण भइरहँदा अमेरिकाले आफूनिकट मानिएका देशहरुलाई समिटमा निम्तो दिएको हो । यसलाई अमेरिकाले आफूनिकट देशहरुको पहिचानको सन्देश दिन खोजिएको उल्लेख छ ।

समिटमा ताइवानलाई पनि निम्तो गरिएको छ । ताइवानलाई चीनले आफ्नो भूभाग मान्दै सन् २०२४ भित्र गाभ्ने विषय सार्वजनिक भइरहेको छ ।एजेन्सी,