March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

शिक्षकहरू राजनीतिमा सक्रियतापूर्वक लाग्नुपर्छ नत्र पार्टी कमजोर हुन्छ : प्रचण्ड

काठमाडौं मंसिर ७ गते। शिक्षकहरु राजनीतिमा लाग्नुपर्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकाे भनाइ छ।शिक्षकहरूलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने उनले दाबी गरे। मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरू सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताए ।

नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकहरूले नै गरेको भन्दै उनले शिक्षकलाई प्राविधिक रुपमा अप्ठ्यारो नपर्नेगरी राजनीति गर्ने वातावरण बनाइने पनि बताए ।

‘नेपालमा जति पनि पार्टी छन् । सबै शिक्षकहरूकै योगदानका कारण ती पार्टी छन् । सबभन्दा बढी गाउँघरमा मजदुर, किसानसंग एकाकार भएर राजनीतिक दलहरूलाई स्थापित गराउने र राजनीतिक बिचारलाई, राजनीतिक कार्यदिशा, नीति, योजना कार्यक्रमलाई जनताको बीचमा लैजाने शिक्षकहरू नै हुन् ।

अब शिक्षकहरूले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक केही हुने छैन,’ नेता दाहालले भने ।यसैले पनि शिक्षकहरू अझै सक्रियतापूर्वक समाजसेवामा लाग्नुपुर्ने उनले बताए । राजनीतिक रुपान्तरणमा उनीहरू लाग्नुपर्ने दाहालको भनाइ थियो ।

उनले भने,’म त के भन्छु भने शिक्षकहरू अझ सक्रियतापूर्वक समाजसेवामा, सामाजिक रुपान्तरणका काममा, राजनीतिक रुपान्तरणका काममा लाग्नुपर्नेछ । लागेर मात्रै हामी सामाजिक र राजनीतिक रुपान्तरणको महान अभियानमा देशलाई लैजान सकिन्छ । अब टेक्नीकल्ली के गर्नुपर्छ भन्ने विल्कुल गौण कुरा हो । त्यो सहायक कुरा हो । टेक्नीकल्ली तपाइँहरूलाई अप्ठ्यारो नपर्नेगरी सक्रियतापूर्वक जनताको बीचमा काम गर्ने वातावरण बनाइन्छ ।

शीर्ष समाचार

धेरै पढिएको