January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

रावलको स्नेहपूर्ण सुझावबाट म प्रभावित छु : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू डा. भीम रावलको स्नेहपूर्ण सुझावबाट प्रभावित भएको बताएका छन् ।महाधिवेशनको पूर्व सन्ध्यामा आज (मंगलबार) अल्फाबिटामा आयोजित अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले भने,‘रावल करमेडको मैले अध्यक्ष नउठेर विश्राम लिए हुन्थ्यो भन्ने सुझाव छ। एमाले लोकतान्त्रिक पार्टी हो ।

यसमा कुनै प्रकारको तलमाथि हुँदैन् । मेरोविरुद्धमा उठ्छु भनेर कसैले भन्छ भने, मैले उठ्ने टुँगो गरें भने मलाई निर्विरोध छोड्न पनि पाईन्छ। चूनौति दिन पनि पाईन्छ। म यसलाई नराम्रो भन्दिन् । लोकतन्त्रमा चूनौति स्वभाविक कुरा हो । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । तपाई नउठ्दिए हुन्थ्यो भन्दिन् ।’

उनले आफूले अरु नेताहरुलाई यो पदमा उम्मेद्धवारी दिनुहोस वा नदिनुहोस भनेर नभन्ने सुनाए । उनले भने,‘दबाब दिने मेरो कुनै मनशाय छैन् । म कसैलाइ पनि अलिकति दबाब महशुस हुनेखालको कुरा गर्दिन् । उठ्ने भए भने अरुलाई नउठ्न भन्दिन् ।

वरिष्ठ उपाध्यक्ष को हुन्छ भन्नुभयो, मैले मन पराएको व्यक्ति, या त निर्विरोध हुन्छ या सबभन्दा बढि भोट जसले ल्याउँछ, त्यही नै मेरो मनपर्ने वरिष्ठ उपाध्यक्ष र महासचिव हुन्छ। महाधिवेशनको गरिमालाई म अनादर गर्दिन् । महाधिवेशन अगाडि म मन पराएर बस्दिन्, जो छानिन्छ त्यसलाई मन पराउँछु ।’

उनले पार्टीभित्र समझदारी र सहमति र एकता बहुतै महत्वपूर्ण कुरा भएको सुनाए । उनले भने,‘यसलाई प्राथमकितामा राख्नुपर्छ । यसो गर्दा लोकतान्त्रिक अभ्यसालाई अलिकति पनि तलमाथि गर्नुहुँदैन् । नजरअन्दाज गर्नुहुँदैन् ।

शीर्ष समाचार

धेरै पढिएको