April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

थप ३८५ जनामा काेराेना पुष्टि,४ जनाकाे मृत्युु

काठमाडौं मंसिर ६ गते । गएकाे २४ घण्टामा नेपालमा ३८५ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६९७ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट ३६७ जना र एन्टीजेन परिक्षण विधीबाट १८ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ भने थप २५८ जना डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ७ प्रतिशत डिस्चार्ज भैसकेका छन् । मृत्युु हुनेकाे कुल संख्या भने ११ हजार ५०० जना पुगेको छ ।

आज थप ११ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा काेराेनाका कारण मृत्युु हुनेकाे कुलसंख्या ११ हजार ४२७ जना पुगेका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १४७ जना रहेका छन्। हालसम्म नेपालकाे कुल संक्रमित मध्य निकाे हुनेकाे दर ९७ दशमलव ५ प्रतिशत रहेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको