
काठमाडौं, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयको उच्च स्रोतले जनाएअनुसार घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नेपालमा पहिलोपटक संवैधानिक अंगका प्रमुखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । केहीदिनअगाडि घिमिरेका सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । file photo





