January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

२३८ जनामा कोरोना पुष्टि,३७० जना कोरोना मुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा २३८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

सात हजार ८४५ जनामा पीसीआर परीक्षण गरिएकोमा २३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार २७८ जनामा एन्टिजेन परीक्षण गर्दा ६ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३७० जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९६ पुगेको छ ।

यसैगरी देशमा हालसम्म सात हजार १६४ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४० हजार १४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको