
काठमाडौं, आइतबार नेपालमा थप २३८ जनामा कोरोना संक्रमण देखिएको छ । मुलुकभर ९ हजार १२३ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८४५ पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २७८ एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको थियो ।
यसैगरी पछिल्लो २४ घन्टामा ३७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ३५९ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १६४ रहेको छ भने थप ४ लाख १४ जनाले खोप लगाएको बताइएको छ ।







