
काठमाडौं, नेपाल बार एसोसिएसनले बिहिवार आकस्मिक बैठक बोलाएको छ । बारका अनुसार बिहीबारको जारी आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि आकस्मिक बैठक बोलाएको हो ।
सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन गएका कानुन व्यवसायी र प्रहरीबीच झडप हुँदा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित ७ जना घाइे भएका छन् । शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएपछि बार झनै रुष्ट भएको छ ।







