
काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित फैसलागरी अन्यायमा पारेकाहरुलाई ति फैसला उपलब्ध गराउन नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आव्हान गरेका छन् । उनले प्रधानन्यायाधीशबाट अन्यायमा परेकाहरुलाई अन्यायमा परेको फैसला बारलाई उपलब्ध गराउन उनले आव्हान गरेका हुन् ।
बारले बुधबार सर्वोच्च अदालतमा धर्ना दिनुअघि बार भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा पछि पनि सम्पति विवरण संकलन र छानबिन हुने उनले जानकारी दिएका छन् ।
उनले सञ्चारमाध्यमसँग भने ‘चोलेन्द्र शमशेर जबराले ऊसँग जोडिएका विकृतिका विवादित फैसलाहरु नेपाल बार एसोसिएसनले संकलन गर्नका लागि आव्हान गरेको छ । तपाई साथीहरु ज–जसलाई यिनले अन्याय पारेका छन्, न्याय किनबेच गरेका छन्, ति फैसलाहरु नेपाल बार एसोसिएसनमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु । र यिनको राजीनामापश्चात पनि त्यो फैसला अनुसारको छानविन गर्नुहुनेछ, उसको सम्पति विवरणहरु हामीले संकलन गर्नेछौँ । कहाँ, कसरी अन्याय किसिमबाट बटुलेका छन् त्यो कुरापनि हामीले हेर्नेछौँ ।’







