
काठमाडौं, मंगलबार थप ३७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १७ हजार ६७२ पुगेको छ ।
यस्तै एन्टिजेन विधिद्वारा २ हजार ६४४ परीक्षण हुँदा ३८ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी ९ हजार १४९ परीक्षण हुँदा ३७७ मा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९८ हजार ७१४ रहेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ ।







