
काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजिनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसन नेपाल बन्दमा आज पनि धर्नामा उत्रिएको छ ।
विगत २३ दिनदेखि आन्दोलनरत बारले मंगलबार बिहान सर्वोच्च अदालतमा धर्ना सुरु गरेका हुन् । आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द गरे पनि बारले आन्दोलनलाई निरन्तरता दिएको हो ।
यसैगरी प्रधानन्यायाधीश जबराले हिजो वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरे पनि नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ ।







