
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा ४१६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १७ हजार ३३३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एन्टिजेन विधिद्वारा ४ हजार ८४८ परीक्षण हुँदा ४९ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ४०२ परीक्षण हुँदा ४१६ मा कोरोना पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा २७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९८ हजार ५४४ रहेको छ ।
सक्रिय संक्रमितको संख्या ७ हजार ३११ रहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ ।







