
काठमाडौं, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले निर्वाचन आयोगले निरन्तर दबाब दिएपछि मात्रै महाधिवेशन गर्ने अवस्थामा पार्टी पुगेको बताएका छन् । आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘महाधिवेशन हुन्छ भन्ने अवस्था थिएन। निर्वाचन आयोगले तारन्तार दबाब नदिएको भए वा पुस पहिलो साताभित्र नयाँ नेतृत्वको नाम आयोगमा बुझाउनुनपर्ने भए अहिले नै हामी महाधिवेशन गर्दैनथ्यौं होला । यो सामुहिक क्षयिकरणको प्रमाण हो। हामीले विधानको सर्वोच्चतालाई स्थापित गर्न सकेनौं।’







