
सिन्धुपाल्चोक, नेपाली कांग्रेसका क्षेत्रीय सभापति
बालकृष्ण बस्नेतले विद्यार्थीलाई झोलासहित आवश्यक स्टेसनरी सामग्री हस्तान्तरण गरेका छन् ।
सोमबार बाह्रबिसे नगरपालिका-७ का हुण्डुङस्थित बासुकीदेवी आधारभुत विद्यालयका सम्पुर्ण छात्रा छात्रहरुलाई स्कुल ब्याग र स्टेसनरी सामग्री हस्तान्तरण गरेका हुन् ।
सोही क्षेत्रका कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व सुचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतको सहयोग अभियानलाई निरन्तरता दिंदै उक्त सामाग्री प्रदान गरिएको सभापति बस्नेतले बताएका छन् ।
विद्यालयको दयनीय अवस्थालाई मध्यनजर गर्दै विद्यार्थी विद्यालय जानबाट बञ्चित नहोस भन्ने उदेश्यले उक्त सहयोग गरिएको उनको भनाइ छ । साथै उनले सामाग्रीको उचित सदुपयोग गर्न आग्रह गरेका छन् ।
सामाग्री हस्तान्तरण कार्यक्रममा फरक सन्दर्भमा कुरा गर्दै उनले तत्कालीन बामपंथी सरकारले आम जनताको मत खरानी बनाएको र एमाले र माओवादीको भागबन्डाले जनताको अधिकार खोसिएको उनले बताए ।
यसैगरी उनले बाह्रबिसे नगरपालिकाका मेयर निम्फुञ्जो शेर्पाले आगामी चुनाबका लागि नगरको पैसा लिएको आरोप लगाएका छन् । यस्तो भ्रममा पर्न नहुने उनले स्पस्ट पारेका छन् ।















