
अस्ट्रिया, अष्ट्रियाली सरकारले आइतबार मध्यरातबाट खोप नलगाएका व्यक्तिका लागि राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त घोषणाले १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधिबाहेकका काममा आफ्नो घर छोड्न निषेध गरेको छ ।
खोप नलगाएका व्यक्तिहरूले प्रतिबन्धहरूको पालना नगरेमा १४ सय ५० युरोसम्म जरिवाना गरिने जनाइएको छ । अष्ट्रिया पश्चिमी युरोपमा सबैभन्दा कम खोप लगाइएका देशमध्ये एक हो ।एजेन्सी







