
काठमाडौं, सत्तारुढ दल सम्बद्ध विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आइतबार प्रदर्शन गरेका छन् । राजधानीमा प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि उनीहरूले खाली ग्यासको सिलिन्डर टाउकोमा बोकेर प्रदर्शन गरेका थिए ।
उक्त प्रदर्शनमा उनीहरूले खाली ग्यासका सिलिन्डरमा ‘बल्न देउ मलाई’, ‘गरिब जनताको घरमा म कसरी बल्ने’ जस्ता सांकेतिक नारा लेखेर सरकारविरुद्ध आन्दोलन गरेका हुन् ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी सम्बद्धसहित विभिन्न ६ विद्यार्थी संगठनका विद्यार्थी नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।
यसैगरी उनीहरुले आयल निगमका कार्यकारी निर्देशकको बर्खास्ती, मूल्यवृद्धि फिर्ता लगायतका माग राख्दै उनीहरूले प्रदर्शन गरेका छन् ।







