
काठमाडौं, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार प्रचण्ड ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।
उनका सचिवालयका अनुसार उनको रक्तचाप बढेपछि अस्पताल लगिएको थियो । सचिवालयका एक सदस्यले सञ्चारमाध्यमसँग भने, ‘धपेडीले गर्दा रक्तचाप बढेको पाइयो । डाक्टरहरूले केही समय अस्पतालमा नै आराम गर्न सुझाव दिनुभएको छ ।’







